चोकोफन बिगफन नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्स प्रालिले चोकोफन बिगफन नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर ४ तहहरु रहने र त्यसमाथि भेनिला स्ट्राइप्स हुने हुँदा उपभोक्ताले स्वादिलो मान्छन् । चम्किलो रातो रंग र सुनौलो रंगले नयाँ प्याकलाई अझ बढी उत्कृष्ट देखाइएका कारण हेर्दा पनि जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको भनाइ छ ।

१० रुपैयाँ मूल्य रहेको १५ ग्राम तौलको चोकोफन बिगफन जार र प्याकेटमा बजारमा उपलब्ध छ। चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्द्धन ‘ह्याप्पी न्यु प्याक टु यु’ भन्ने नाराका साथ देशभर प्रबर्धन आभियान सुरु गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस आभियानलाई मुख्यतः डिजिटल माध्याम तथा सोसल मेडियाबाट गरिएको छ। कम्पनीका अनुसार चोकोफन बिगफन ६० पिसको आकर्षक जारका साथै १२ पिसको प्याकेटमा बजारमा उपलब्ध रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *