वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसका कारण दैनिक जनजीवन प्रभावित हुनसक्ने बताइएको छ । स्वास्थ्य, सडक तथा हवाई यातायात सेवामा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट बच्न सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौं उपत्यकामा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । भोलिदेखि मौसम बदलीमा थप बढ्ने मौसमविद् अधिकारी बताउँछन् । बदली बढेसँगै वर्षा र हिमपातको क्रम पनि बढ्ने उनको भनाइ छ । भोलिबाट थप धेरै स्थानमा बदली हुनेछ । बदली सँगै वर्षा र हिमपातको क्रम पनि आजभन्दा बढ्नेछ । पश्चिमदेखि पूर्वी पहाडसम्म नै वर्षा पनि हुने सम्भावना देखिएको छ । धेरै भू–भागमा पानी पर्ने र म्ध्यम हिमपात र हल्का वर्षा भएपछि चिसो बढ्ने उनको भनाइ छ । त्यसपछि भने विस्तारै तातो बढ्ने मौसमविद् अधिकारी बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *