जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा

बर्दिबास । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सवल हुन नसकने बताएका छन् ।

नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूती गराउन नसकिने धारणा राखे ।

सम्वाद यात्राका क्रममा जनताबाट उठेका सवालहरुको एकीकृत दस्तावेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिए । ‘‘यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौं, ७७ वटै जिल्लामा खटिनु भएका साथीहरु तथा केन्द्रीय नेताका रिपोर्ट प्राप्त भएपछि दस्तावेज तयार पारेर अघि बढछौ ।’’ उनले भने , ‘‘यी दस्तावेजलाई फागुनमा हुने महासमिति बैठकदेखि आगामी वर्षको बजेट निर्माणमा जनताका यी आवाजलाई समावेश गर्न संसदको माध्यमले सरकारसम्म पु¥याउन सङ्गठित प्रयास गर्ने छौं ।’’

सानो बजेटले ठुलो फाइदा हुने सिँचाई जस्ता पूर्वाधारमा लागनी नगर्दा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरु दुई दशक बढीले अलपत्र रहेको सम्वाद यात्राका क्रममा जानकारीमा आएको बताउदै महामन्त्री थापाले यी सिँचाई योजनालाई अबको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्तस गरे ।

यसैगरी, उनले दुव्र्यसन समस्यालाई नेपाली कांग्रेसले जोडदार रुपमा उठाउने प्रतिबद्धता व्यक्त गरे । ‘‘यो समस्या भयावह र डरलाग्दो छ’’ महामन्त्री थापाले भने , ‘‘यसलाई एकीकृत रुपमा समाधान नगरिए एउटा पुस्तानै दव्र्यसनबाट समाप्त हुने जोखिम बढेको छ ।’’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *