चिताको गन्तव्य

धन कमाएर दिएन कसैले नभन्नु
केही थान मलामी किन्नु छ ।
निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जो
मलामीका कांधमा सुतेर
चिताको गन्तव्य हिंड्नु छ
धन् कमाएर दिएन कसैले नभन्नु
केही थान् मलामी किन्नु छ ।।

मरनको यो गोरेटोमा
सबै भन्दा अगाडी जानु छ ।
किनेका ति मलामी सबलाई चिन्नु छ
आखिर, मृत्यु प्रतियोगिता न हो यो
मलाई नै प्रतियोगिता जित्नु छ ।।

धन कमाएर दिएन कसैले नभन्नु
केही थान मलामी किन्नु छ ।
निर्जिव डङ्ग्रङ्ग लडेको शरिर जो
मलामीका काँधमा सुतेर
चिताको गन्तव्य हिंड्नु छ ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *