जिमेललाई टक्कर दिन मस्कले एक्समेल ल्याउँदै

अर्बपति एलन मस्कलाई अंग्रेजी अक्षर ‘एक्स’ सँग गज्जबको अनुराग छ । चर्चित रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लाटफर्म ट्वीटर खरीद गरेर त्यसलाई पनि एक्स नामाकरण गरे । त्यसअघि उनले अनलाइन ब्यांकिङ र वित्तिय सेवा प्लाटफर्मको रुपमा एक्स डटकमको स्थापना गरेका थिए । त्यस्तै उनले एक्स डट एआई नामक आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी पनि खडा गरेका छन् । स्मरणीय छ कि मस्कको कम्पनी टेस्लाले ल्याएको विद्युतीय कारको पहिलो मोडेलको नाम नै एक्स थियो । एक्स अक्षरसँगको आशक्तिलाई निरन्तरता दिने क्रममा एलन मस्कले अब इमेल सेवामा पनि हात हाल्दैछन् र त्यसको नाम एक्समेल राख्दैछन् । गुगलको लोकप्रिय इमेल सर्भिस जिमेललाई टक्कर दिनेगरी मस्कले एक्समेल ल्याउन लागेका हुन् । सोसल मिडिया प्लाटफर्म एक्समार्फत् मस्कले एक्स मेल ल्याउन थालेको जानकारी गराएका हुन् । एक्स कम्पनीको इन्जिनियरिङ तथा सेक्योरिटी विभागका सदस्य Nate McGrady ले एक्समेल कहिले सुरु हुन्छ भनी एक्समा गरेको पोस्टको जवाफमा मस्कले ‘आउँदैछ’ भनेर लेखे । गुगलले जिमेल बन्द गर्ने हल्लाका बीच म्याक ग्राडीले एक्समेलका विषयमा प्रश्न गरेका थिए । यद्यपि एक्समेल कहिले सुरु हुन्छ र यसका फिचरहरु के के हुनेछन् ? भन्ने बारेमा विस्तृतमा कुनै जानकारी भने सार्वजनिक भएको छैन । विश्लेषकहरुले एक्समेल एउटा इमेल सेवा हुने र एक्स प्लाटफर्ममै आबद्ध हुने अनुमान गरेका छन् । अर्बपति एलन मस्कले बारम्बार ठूला ठूला बाचा गर्दछन् । उनले ट्वीटर कम्पनी खरीद गरेपछि त्यसमा विभिन्न परिवर्तन पनि गरिसकेका छन् । अब मस्कले यदि इमेल सर्भिसको रुपमा एक्समेल ल्याए भने उनले जिमेललाई टक्कर दिनु चानचुने कुरा हुनेछैन । जिमेलका हाल प्रयोगकर्ता १ अर्ब ८० करोड भन्दा धेरै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *