परराष्ट्रमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी राजदूत डिआर थम्प्सनबीच आइतबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा आपसी हित र चासोका विषयमा कुराकानी भएको परराष्ट्रको सचिवालयले जनाएको छ । नयाँ जिम्मेवारी पाएसँगै विभिन्न देशका राजदूतहरूसँग श्रेष्ठको भेटघाट भइरहेको छ ।

यसअघि परराष्ट्रमन्त्रीसँग भारतीय र चिनियाँ राजदूतले भेट गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *