नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट

काठमाडौं । सिन्धुलीमा सुनकोसी गाउँपालिका–१, दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट भएको छ । वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी विष्णु केसीका अनुसार विस्फोट कसले गराएको भन्ने पुष्टि भएको छैन ।

घटनास्थलमा पिपुल विब्रेसन आर्मी लेखेको पर्चा भेटिएको उनले बताए । विस्फोट आज बिहान भएको हो । विस्फोटबाट टावरमा सामान्य क्षति भएको छ । विस्फोट स्थलमा दुईवटा पेट्रोल राखिएको बोतल समेत फेला पारिएको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *