समसामयिक बिषयमा आधारित ‘गाउँ घर’ सिरिज सार्वजनिक

काठमाडौँ । समसामयिक बिषयमा आधारित भई तयार गरिएको ‘गाउँ घर’ सिरिज सार्वजनिक भएको छ । नेपाली समाज, गाउँ-घरको अर्गानिक विषय बस्तुलाई समेटेर तयार पारिएको उक्त सिरिज हिजो (बिहिबार) देखि सार्वजनिक भएको हो ।

हरेक बिहिबार साँझ प्रसारण हुने उक्त सिरिजका निर्देशक कृ के सि हुन् । गोर्कण श्रेष्ठको लेखनमा रहेको ‘गाउँ घर’ मा बिनिता दाहाल (मीरा) मिलन खड्का (धर्मे) गोकर्ण श्रेष्ठ (गणेश) न्यूशन श्रेष्ठ (लाले) शिवराज डाँगी (हब्रे) दिपु चन्द (दिपु) कमल गौतम (कमल) को मुख्य भुमिका रहेको छ । साथै सहायक पात्रहरुमा देवकी सञ्जेल, दिपक खड्का, नवराज दाहाल, कुसुम दाहाल, स्वस्तिका बि.के, यमुना मगर, सुस्मिता मगर, येक राज बि.के, ओम बहादुर मगर, मनका मगर, बिनोद सिंजाली मगर, लगायतको भुमिका रहेको छ ।

ग्रामिण भेगलाई मध्यनजर गरेर तयार पारिएको उक्त सिरिजमा विशेषगरि नेपाली समाजमा हुने आरोप प्रत्यारोप, जात-जातिबिच हुने विभेद तथा समसामयिक विषयलाई सिरिजका पात्रद्वारा देखाइएको छ । हाम्रै नेपालि समाजमा रहेको कुरिती, कुसंस्कार र रुढीबादी परम्परालाई अन्त्य गर्ने हेतुले निर्माण गरिएको सिरिज ‘गाउँ घर’ अहिलेको आधुनिक समय सापेक्ष अनुसार तयार गरिएको निर्देशक कृ केसिले काठमाडौँ न्युजलाई जानकारी दिए । उनले भने,’हामिले केहि नयाँ गरेका हौँ आगामि दिनहरुमा अझैँ फरक कथा बस्तुमा ल्याउँछौ अहिले भने समसामयिक बिषय मै केन्द्रित छौँ’ । साथै उक्त सिरिज OODAN Production युटुव च्यानल माफर्त आउने केसिले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *