विपि मेलमिलाप २०८० भाग २

अहमतामा ढाल्न हुन्न विपिका मार्गलाई
राज्यले बुझेन कहिल्यै उनका ति कर्मलाई ।१५

दखल भो जनलाई अब हामी के गर्ने हो
जनता भन्छन हामिलाई बाँच्नेकि मर्ने भो ।१६

एउटै आधार कांग्रेसको थियो ठुलो दल
मुर्खतामा नलागेर आफ्नै गरा‌ै माया बल ।१७

सहि नेता को हुन वुझि जोखिममा नपारौ
जनसामु झुकाव गरि हाम्रा गल्ति सपारौं। ।।१८

स्वच्छ भावले गरौ काम अब जनहित हुने
नपार है दोधारमा जन अब कति रुने । १९

कांग्रेसमा महान युद्ध गर्ने नेता धेरै छन
दायाँ बायाँ मोडिदैछ आज हाम्रो किन मन ।२०

सुवर्णका देन देखि आजसम्म सबै हेर
न्यायोचित छैन भन्छन जन सवै उर्लिएर ।२१

बिपिनै हुन सच्चा नेता भन्छन सबै गाउँघर
कांग्रेसमा बिपि जस्तै मेलमिलाप हुने गर । २२

भन्नत भन्छौ नि हामी हाम्रा कोशिस जारि छ
बिपि मार्गमा हिडने नेता नत वारि नपारिछ ।२३

टेकेनन् बिपिका सारले कुदे आफनै पाराले
नेपालि कांग्रेसमा माया गर्थे साराले ।२४

पदिय लोभले गर्दा मन मुटाव बढदै गयो
ईच्छा आंकाक्षाको धेय माथि माथि चड्ने भयो ।२५

सर्व सत्तावाद होइन जनमुखि वादको आश
लाउने झुम्रो एकगांस खाने र वस्ने वास ।२६

बिपिका सपना पूरा गर्न पथ रोज्नुपर्छ
मेलमिलाप भाईचारा रणमा खोज्नु पर्छ ।२७

चिन्तन र मनन गरौ दोषी चष्मालाई खोजि
पाछौं रनवन गरि हिडछौं सत्मार्ग रोजि ।।२८

देशका लागि जसले सधै लडि रहेको हुन्छ ।
जिल्ला गाउँ घुमौ हामी उसका मन सधै रुन्छ ।२९

नेतावाट गरेर पहिला मान्यका आधार लिनु
बिबेकि वनेर जनमा खुसि तुल्याई दिनु ।३०

नेता पनि बन्नु पर्छ तर सम्मान खोज्नु कहाँ
मिल्छ माया ममता सधैं धैर्यता रोज्नु जहां ।।३१

सचरित्र बनेर हिड्नु कांग्रेसको मुलधार स्वाधिनतामा अड्यौ भने जनले लाउँछन पार ।३२

पारस्परिक मिलापमा हिडने हाम्रो भावना
विपिका मेलमिलाप उच्च होस शुभकामना ।३३

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *