चौधरी ग्रुपको भिभान्ता होटलले एकै वर्ष ३३ करोडको व्यापार

काठमाडौं । ललितपुरको झम्सिखेलमा रहेको भिभान्ता काठमाडौं होटलले एकै वर्ष ३३ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । होटलले सन् २०२२ को तुलनामा १० करोड बढीको व्यापार गरेको छ । आरआर होटल रिसोर्ट प्रालिद्वारा सञ्चालित होटलले सन् २०२२ मा २३ करोड रुपैयाँ, सन् २०२१ मा ९ करोड १० लाख रुपैयाँ र सन् २०२० मा १७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०१४ मा स्थापना भएको चारतारे होटलले २०१९ देखि व्यवसायिक कारोबार सुरु गरेको थियो । होटलको व्यवस्थापन इन्डियन होटल कम्पनीले गर्दै आएको छ ।

चौधरी ग्रुपको ७५ प्रतिशत र आइजे ग्रुपको २५ प्रतिशत स्वामित्व रहेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८३ करोड रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ८१ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२४ को ६ महिनाको अवधिमा व्यापार बढेको जनाएको छ । पछिल्लो २ वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा व्यापार बढ्दो क्रममा रहेको उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *