उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै उम्मेदवारी दिने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ ।

आज (बुधबार) बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो । योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ ।

अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । यसैगरी एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको खबर आएको छ ।

यद्यपी एकीकृत समाजवादीले आधिकारिक निर्णय गर्न भने बाँकी रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *