नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध टस जित्यो

काठमाडौं । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड ए ले पहिला ब्याटिंग गर्ने भएको छ । विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । बर्षाका कारण खेल हुन नसकेपछि क्यानले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हुन लागेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड एसँग ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *