ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

काठमाडौं । काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको सनाखत भएको । दुर्घटनामा एकजना बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया अञ्जना रोका, आठ वर्षीय बालक आगमन उपरकोटीको मृत्यु भएको छ । अठार वर्षीय विवस रोकाय बेपत्ता छन् ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । आज बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी नदीमा खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *