एचआइडीसीएलको पौने २ करोड कित्ता सेयर बिक्रीमा

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पौने २ करोड बढी कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनी समूह क उप समूह क–२ को अन्य संस्थापकअन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने जनाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *