सिद्धार्थ बैंकद्वारा विद्यार्थीलाई वित्तीय शिक्षा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले ग्लोबल मनी विकमा विभिन्न कार्यक्रम गरेको छ । बैंकले मार्च १८ देखि २४ सम्म ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको थियो ।

कार्यक्रममा १ हजार ७ सय ६० जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ३ सय २४ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *