होण्डाले नेपाली बजारमा भित्र्यायो एनएक्स २००

काठमाडौं । होण्डाले आफ्नो नयाँ बाइक एनएक्स २०० नेपाली बजारमा ल्याएको छ । एनएक्स २०० बाइक सिटी राइडिङ र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ । यसको ‘अप राइट पोजिशन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ। एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्ने गरी चाबी हाल्ने ठाउँ ट्याङ्कीमै हुनु पनि यसको थप विशेषता हो । यसमा रहेको ‘फ्रन्ट ए बी एस सिस्टम’ र ‘डूअल पेटल डिस्क ब्रेक’ले चाहेको बेला रोक्न सक्ने क्षमता राख्दछ, जुन स्वतन्त्र र निस्फिक्री यात्राको लागि अत्यावस्यक हुन्छ। १० वर्ष सम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध यो बाइकको सुरुवाती विक्री मूल्य ४,७९,९०० मात्र तोकिइएको छ । औपचारिक बिक्री वितरण यही चैत्र १५ बाट सुरु गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *