एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालबीच देशभर महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला, २०८० को अवसरमा दुवै पक्षले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारीपत्र आदानप्रदान गरेका थिए । एनसेल नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रूपमा रहेको छ । महिला उद्यमी महासंघमा पाँच हजारभन्दा बढी महिला उद्यमी आबद्ध छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *