यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी संस्थापक समूहको सेयरको बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६ सय ५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । न्यूनतम मूल्य २ सय ५ रुपैयाँ तोकिएको यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बतढाइने कम्पनीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *