कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैकले बिहीबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । बैंकका अनुसार सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *