राप्रपाको प्रदर्शनमा झडप, उपत्यकाको भद्रकाली क्षेत्रमा तनाव

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ ।

भृकुटीमण्डपबाट ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेको थियो । सिंहदरबारतर्फ आउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्दासम्म पनि प्रदर्शनकारी नरोकिएपछि प्रहरीले लाठी चार्ज गरेको पाइएको छ ।

उक्त प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन भने आन्दोलनमा ठुलो संख्यामा प्रदर्शनकारी रहेका छन । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने र शान्तिसुरक्षा कायम गर्न काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *