अस्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा (अस्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अस्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा छ हजार छ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अस्ट्रेलियाका अखबारहरूले जनाएका छन् । जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो ।

एबीएसले फेब्रुअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालिक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ । जागिर गुमाए पनि अस्ट्रेलियालीले काम गरेको घण्टाको कुल सङ्ख्या एक करोड ७० लाख वा फेब्रुअरीको तुलनामा मार्चमा ०.९ प्रतिशत र मार्च २०२३ को तुलनामा १.७ प्रतिशत बढी थियो । एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले सहभागिता दर पूर्व–महामारीको स्तरभन्दा धेरै बढी भएको र नोभेम्बर २०२३ मा सेट गरिएको ६७ प्रतिशतको रेकर्ड उच्च रहेको बताए।

सहभागिता दरले काम गर्ने उमेरका जनसङ्ख्याको अनुपात मापन गर्दछ, जसबाट कार्यरत छन् वा सक्रिय रूपमा काम खोज्दैछन् भन्ने थाहा हुन्छ, जुन ६६.७ प्रतिशतबाट केही घटेर ६६.६ प्रतिशतमा झरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *