आज रातिदेखि सातदोबाटो-बालकुमारी सडक बन्द हुने

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ११ वैशाखसम्म रातको समयमा बन्द हुने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि आजदेखि ११ वैशाखसम्म रातको समय सडक बन्द गरिने भएको हो । आजदेखि राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम गरिने आयोजना कम्पनीले जनाएको छ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो ।

दुई वर्षमा बनाइसक्ने गरी १२ फागुन २०७८ मा आशिष समानान्तर रेलिगेर जेभीले ठेक्का पाएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *