चन्द्रागिरि साकोसको २३औं स्थापना दिवस

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २२औं वर्ष पुरा गरी २३ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाका सदस्य र समुदाय प्रतिको समर्पण, निष्ठा र उत्कृ‌ष्टताका साथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सहकारी क्षेत्रको छवि धमिलो हुँदै गइरहेको वर्तमान अवस्थामा आफ्‌नो सबल वित्तीय अवस्था, गुणस्तरीय सेवा र सदस्य सुविधाका विभिन्न कार्यक्रमहरुद्वारा यस संस्थाले आफ्‌नो बेग्लै पहिचान बनाउन संस्था सफल रहेको छ । वर्तमान अवस्थामा संस्थाको सदस्यता वृद्धि, बचत वृद्धि, न्यून ब्याजदरमा ऋण लगानी, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरु सञ्चालन र सदस्यका धेरै सफलताहरु निर्माण गर्दै अगाडि बढेकोले संस्थाको सक्रियता र सदस्य केन्द्रीयतालाई पुष्टी गर्ने जनाएको हो।

सहकारी मूल्य र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरुको परिपालनामा सदैव प्रतिवद्ध रहे संस्था सञ्चालन भएकाले संस्था सुशासकीय र वैधानिक उत्तरदायित्व परिपालनामा सम्झौता रहित कार्यान्वयनका पक्षमा रहेको छ । २५ जना व्यक्ति र २५ हजार पुँजी संकलनबाट स्थापना भएको यस सस्था आज २० हजार ३८४ जना सदस्यहरु छन् भने ३ अर्ब ५१ करोड रकम परिचालन मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्न सफल भएको छ । संस्थाको ब्यालेन्ससिट भन्दापनि सदस्यहरुको व्यालेन्ससिट बढाउने, वित्ती य कल्याण मार्फत सदस्यहरुको जीवनयापनलाई सहज र सुव्यवस्थित बनाउने, बचत संगसंगै सदस्यको खुसी र समृद्धि पनि वृद्धि गर्न संस्थाको अबको लक्ष्य हुने जनाएको छ । अर्थतन्त्रमा थपिएका नयाँनयाँ चुनौतीले सृजना गरेका कठिनाईहरु होस् या सहकारी अभियान भित्र सृजना भएका नयाँ अवरोधहरु, यस सस्था सदेव एक असल सहकारी संस्था र सदस्यहरुको सारथी बन्ने अठोट जनाउँदै उत्कृष्ट व्यवस्थापन, गुणस्तरीय सेवा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरुको पूर्ण पालनामार्फत सदस्यहरुको बचत र लगानीको पूर्ण सुरक्षाको ग्यारेण्टी गर्ने संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *