मेरो छोरा हर्कजित फेरि फर्केन !

“ब्वाँसाको आँखा राता छन् । आफ्नो आँखा पनि राता नहुञ्जेलसम्म तपाईले उसँग आँखा जुधाउनुहोश । आखिर तपाई गर्न नै के सक्नु हुन्छ ,जव उ तपाईको अगाडी छ ?”(सर्वेश्वरदयाल सक्सेना) । नेपालीहरुले गरिवी एवं भोकमरिको विरुद्ध खाडीको मरुभूमिमा बिषम परिस्थितिसँगमात्रै हैन देशभित्रैपनि लोकतन्त्रको आवरणमा हुर्केको विकृति र विसङ्गतीको बिरुद्धपनि युद्ध गर्नुपरेको छ । “युद्ध धनी देशको लागि विलास हो”( गेब्रियल गार्सिया मार्केज),आखिर“जव धनिहरु युद्धको तयारी गर्छन मर्ने भनेका गरिव नै हुन्छन”(ज्याँ पाल सात्र्र) । “संसार की हर शय(बस्तु) का इतना ही फÞसाना(हाल) है,इक धुन्द(एक प्रकारको धुवा–तुवालों वा कुहीरोले हुने अन्धकार) से आना है इक धुन्द मेँ जाना है । जङ्ग तो खÞुद ही एक मसअला(समश्या) है,जङ्ग क्या मसअलों का हल देगी”(साहिर लुधियानवी,भारत) ।
अमेरिकामा जुम्ल्याहा गगनचुम्बीमहलहरु अलकायदा नामक इस्लामिक सङ्गठनले ध्वस्त बनाएपछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुशले अल कायदासँग सम्बद्ध भएको भन्दै सद्धाम विरुद्ध कारबाही गरेर ‘तानाशाहबाट मुक्त’इराकको घोषण गर्नु भएपछि इराकमा विध्वंशको शुरुवात भयो । इराकीपत्रकार मुन्तजार अल जैदीले जर्जबुशमाथी जुत्ता प्रहार गरपछि त झन रक्तपात भयो । सोभियत सङ्घको विघटन,लिवियाको पविर्तन,लगायत इराक युद्धपछि वैश्विक राजनीतिमा सिर्जना भएका राजनीतिक तथा कुटनीतिक संस्कार नभएका नयाँ पात्रहरु–जताततै ध्वस्तता–श्रोत साधनको लुटपाट–सञ्चारमाध्यमको द्वैध चरित्र–बिदेशी सहयोग तथा पूर्वाधार निर्माणको नाममा भूगोल नै कब्जा–थेग्न नसक्ने ऋणको भार,लोकतन्त्रको आआफ्नो अनुकुल परिभाषा–मानव अधिकारको द्वैध ब्याख्या–नयाँ समिकरण आदि देखा परे । आखिर युद्ध युद्ध नै हो बेबिलोन,अफगानिस्तान,सर्विया सबैतिरका सभ्यताहरु युद्धले नै ध्वस्त बनाएका हुन । इजरायल पैलिष्टाइनको युद्धले भएको नरसंहारमात्र हैन युद्धले सिर्जना गर्ने जुनसुकै विभीषिका अकल्पनीय हुन्छ । शक्तिशाली देशले ध्वस्त बनाएको देशका भावि पिढीहरुलार्ई मानमर्दन गर्दै आफ्नो देश मालिक भएको भन्दै पिछलग्गु बनाएर मूल्य मान्यताबाट बिचलन समेत गराउँछ । भारतीय साहित्य लेखक राजेश कुमारको बाणी प्रकाशनबाट प्रकाशित नाटक ‘द लाष्ट सैल्यूट’ को समीक्षा पढ्दै गर्दा एक करोड जनताले देश छोडेको युक्रेन युद्धको त्राषदीको कल्पनाले नेपालमा सिर्जना गरिएका र राजनीतिक पात्रहरुले युक्रेन जस्तै रणनीतिक महत्वको भूस्थल भएको नेपाललाई कहाँ पु¥याउने हुन भन्दै मेरो मनको बाघले नेपालमा युद्धको त्राषदीको समेत कल्पना गर्न पुग्यो ।

मनको बाघले भविष्यको आशङ्का गर्छ । यतिबेर मलाई अल्बैर कामूको सिर्जना ‘द फल–पतन’मा समाहित मनका व्यथाहरु,सम्बेदना,समाजमा ब्याप्त बिरोधाभाष,नायकको जीवनी,मानवीय पक्ष,विश्वयुद्धको अनुभव,भविष्य प्रतिको आशङ्का जस्ता पक्षहरुको सम्झना हुँदा ‘देशको अस्तित्व जोगाउने वा ध्वस्त गर्ने भन्ने भविष्यको आशङ्काको तय त जनताले हैन नेताहरुले पो गर्ने रहेछन’ भन्ने कुरामा भारतका प्रसिद्ध साहित्य लेखक चन्द्रकान्त देवताले एक लामो ‘अपने को देखना चाहता हूँ ’कविता मार्फत आफुले खाएको,सुतेको,लडेको,डुवेको मात्रै हैन अन्त्यमा परेवाको उडानलाई हेर्दै आफँै नै जाँदै गरेको हेर्न चाहनु भएकोमा मेरो मनको बाघले चाहिँ शान्तिको प्रतिक परेवा ल अव देखिन छोड्यो,अब विश्व मै शान्ति दुर्लभ हुने भयो जस्ता निश्कर्ष निकाल्ने चाहना राख्यो ।
देवतालेकोे कविताको अन्तिम अंशहरुमा उहाँको यस्तो चाहना थियो–“आउँदा आफुलाई हेर्न सम्भव थिएन,म आफुलाई जाँदै गरेको हेर्न चाहन्छु ,जसरी सियोको प्वालबाट परेवाको अन्तिम उडानलाई आँखाले हेर्दै,ल अव परेवा छैन देखिन छाड्यो भनेर भन्दछु ,तर हैन देखिरहेको छु उडान,म आफ्नो बचेको उडानको छाँयालाई हेर्दै,आफैँलाई हेर्न चाहन्छु ।” नेपालका अराजनीतिक नेताहरुले रजगज गरिरहेको बेला रोजगारी खोज्ने नेपालीहरु(भारतको उत्तर चिन सिमामा पर्ने रणनीतिक महत्वको लद्दाखलाई राज्यको दर्जा दिएर भारतीय संविधानको छ अनुसूची(स्थानीय जनजातिलाई अधिकारको प्राथमिकता) मा राख्नु पर्ने जस्ता माग लिएर भोक हडतालमा बशेका सामाजिक कार्यकर्ता सोनम वाङ्गचुकले भारतीय केन्द्र सरकारको सेना भर्ति सम्बन्धी अग्निवीर योजनाको कारण गोरखा सैनिक चीनको सैनिक सेवामा भर्ती हुनको लागि सोचीरहेका छन भनेर भन्नु भएको भन्ने कुराहरु सामाजिक सञ्जालमा–सोसल मेडीयामा आएका थिए) युद्ध,हमला–आतङ्कलाई परवाह नगरी ईराक–अफगानिस्तान सहित भाडाका सिपाही हुन समेत बिदेशतिर लागेको लर्को देख्दा बिराटनगरमा महेन्द्र मोरङ्ग क्याम्पसमा पढ्दा सुनेको रामेश,मञ्जुलले गाएका गोकुल जोशीको गीत“नमार गरिवलाई,नजाउ अंग्रेजी पल्टनमा” एवं “साहुको ऋण तिर्न भनी गाको मेरो छोरा,मेरो बाबा हर्कजित फेरि फर्केन,आँशुमा दिन विते विरहमा रात,मेरो बाबा हर्कजितलाई थाहै भएन” बोलको गीत सहित झलकमानको “आमाले सोध्लीन नी ….रणमा परे भन्दिनु” अनि “बिदेशीनु लेखियो कर्मैमा,भाला रोपी नबोल मर्मैमा । जिउत होइन ढूङ्गाको छापनी,आउँला माया नमरे म पनि हङ्गकङ्ग पोखरा निर्मोही आफ्नो को छर” जस्ता साहित्य लेखक सरुभक्त श्रेष्ठका शब्दहरु मनले स्मरण गरेको बेला मसँग सामाजिक सञ्जालमा जोडीनु भएका भारत उत्तरा खण्ड निवाशी पूर्व सैनिक मुकेश प्रसाद बहुगुणाले २० मार्च ई.सं.२०२४ मा ‘गरीबी की शहादत ?’ शीर्षक दिएर मलाई मेसेन्जरमा पठाउनु भएको एक बिचारणीय आलेखलाई(नेपालीहरुले आफ्नो देशको रक्षाको लागि दुई अढ़ाई सय बर्षमा प्राण आहुती गरेको नदेखिएको भन्ने लगायतका अरु केही कुरामा चाहिँ सहमत हुन नसकीए पनी) समेत यश परिप्रक्ष्यमा सान्दर्भिक र बहशको बिषय पो हुनसक्छ की जस्तो लागेर मैले यो नेपालीमा अनुबाद गरेर प्रस्तुत गरेको छु –
“रुष यूक्रेन युद्धमा रूषी सेनाहरुको तर्फबाट युद्ध लड्ीरहेका केही अरु नेपाली नागरिक मारिएका खवर अखवारमा आएका छन् । ….युद्ध हुनु,सैनिकहरुले शौर्य प्रदर्शन गर्दै वीरगति प्राप्त हुनु,कुनै नयाँ कुरा होइन । आफ्नो देशको रक्षाको लागि सैनिकहरुले बलिदान दिने गरेको ईतिहाश कुनै नयाँ होइन यो त मानव सभ्यताको विकासको इतिहाश जतिकै पुरानो सैयौँ–हजारौँ बर्ष देखी हुदै आएको हो । तर,बिगत दुई अढाईसय बर्षमा भएका युद्धहरुलाई गहिरिएर हेर्ने हो भनेँ नेपाली योद्धाहरुले आफ्नो देशको रक्षाको लागि प्राण आहुती गरेको नदेखिएको नेपालको यो स्थिति अचम्मको अलग्गै खालको देखिन्छ ।

नेपाली सैनिक ब्रिटिश राज्यको सीमाहरु,भारतीय सीमाहरुको सुरक्षाको लागि लडेका छन,अब रुषी राज्यको हितको लागि लड्दैछन । पुष्टी नभएका खवर अनुशार चीन पनि नेपालीहरुलाई आफ्नो सेनामा गर्ने प्रयाशमा छ । …. विश्वकोे सैन्य इतिहाशमा युद्धहरुमा नेपाली सैनिकहरुको विकट शूरता अतुलनीय छ भनेर कैयौँ पटक उदाहरण दिने गरिएको छ,नेपाली सैनिक ती युद्धहरुमा शहीद भएका थिए ।…तर,देशको लागि ?
मलाई यस्तो लाग्छ की यदी नेपाल आर्थिक रूपबाट समृद्ध भएका भए–अपेक्षाकृत निर्धन नभएका भए अर्को देशको हितको लागि किन लड्थे र ? किन युवाहरु अर्को देशको सेनामा भर्ति हुन जान्थे र ? कल्पना गर्नुहोश की आगामी दिनमा बेलायत र भारतको बीच युद्ध भएमा ब्रिटिश सेनामा पनि भएका भारतीय सेनामा पनि भएका (गोरखा रेजिमेण्टको ‘घ’ इकाइहरु ब्रिटिश सेनमा र ‘ट’ भारतीय सेनामा) नेपाली सैनिकहरु भर्तिभएर जागिर खाईरहेका आ–आफ्नो सम्बन्धित देशको लागि बीरतापूर्वक प्राण दिन हिचकिचाउँदैनन् । त्यसबेला कशका नेपाली सैनिक शहीदहरु(आफ्नो देशको शहीद) हुनेछन र कशका नेपाली सैनिक चाहिँ लाशको थुप्रो(अरुको देशको लाशको चाङ्ग) मा परिणत हुनेछन भन्ने जिज्ञाशा उठ्नु स्वभाविक हुनेछ ।
अखबारको खबरको शीर्षकमा प्रयुक्त शब्दले नै केही धेरै भन्न खोजेको छ । ‘शहीद भए’ भन्नुको सट्टा ‘ज्यान गुमाए’ शब्दहरुको प्रयोग त्यो निर्मम बास्तविकतालाई सङ्केत गर्दछ जसको बारेमा म इशारा गरिरहेको छु ।” युक्रेन विरुद्ध लड्न रुषको सेनामा तीनसय नेपालीहरु भर्ना भएकोमा केही बन्धक भएका ७० जना नेपाल फर्केका र करिव २३ जना मरेका भन्ने चर्चा गरिन्छ । नेपालीहरुले परराष्ट्र नीति सीतिको वेवास्ता गर्दै पापी पेटकै लागि भाडाको सीपाही हुनुपरेको यो अवस्था नेपालको पाखण्ड राजनीतिलाई कशरी पचेको हो ?

अन्त्यमा,“कुनै समय हतियारहरु युद्ध लड्नको लागि उत्पादन–निर्माण गरिन्थ्यो अहिले चाहिँ युद्धहरुको उत्पादन–निर्माण हतियार बिक्रि गर्नको लागि गरिन्छ”(अरुन्धती राय) ।
“आणविक ऊर्जासँग नडराउनुहोस्,किनकी ति अस्त्रले समयलाई रोक्न सक्दैनन् । यदि युद्ध गरेर शान्ति जित्न सकिन्छ भने त्यो उत्तम कुरा हो । पैसाले जीवन किन्न सकिँदैन”(बब मार्ली,पैसा र जीवन सम्बन्धी कुराचाहिँ स्वाश जानु अगाडि छोरो जिग्गी मार्लीसँग गर्नुभएको) । (बिम्ब–छविचित्र श्रेय ः हटकोर डट इन्फो–पीकसेलइज–वार ड्रइङ्ग,पेन्सिल वार स्केचेस–इजि जमाइल डटकम । रायटर्स । एन्थोनी डइचचाईटअप्रिल १८ ई.सं.२०२४–फोटोग्राफर माहमद सलेम विन्स २ वल्र्ड प्रेस फोटो अफ द इय०२४ फोटो अफ द इयरअवार्ड –वल्र्ड प्रेस फोटो डट ओआरजी–इजरायलले आक्रमण गर्दा दक्षिण गाँजाको खान युनिशको नाशिर अस्पतालमा १७ अक्टुबर ई.सं.२०२३ मा मारिएकी सेतो कात्रोमा बेरिएको आफ्नी ५ बर्षकी भदई शैलीलाई काखमा राखेर अङ्गालो हालेर रोई रहेकी ३६ बर्षिया प्यालेस्टाइनी महिला अबु मामर–फोटोग्राफर ः प्यालेस्टाइनी फोटोग्राफर–मोहम्मद सलेम,रायटर । पहूँच तथा प्राप्ती–अधोभार मार्च २,अप्रिल २० ई.सं.२०२४,गुगल इन्टरनेट नेपाली समय दिनको ५.३४–रात्री९.२७ बजे) ।
(सत्याग्रह साप्ताहिकको डिजिटल–बिधुतीय संस्करण काठमाडौंन्यूजडटकम पत्रिकामा ०९ बैशाख बि.सं.२०८१ मा प्रकाशित) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *