नेपाली कांग्रेस भक्तपुरका नेता स्वर्गीय रामबहादुर ठकुरीप्रति मेरो सम्झना ।

बुझबुझ नेता हो गुण नबिर्स
श्रष्ठाको सम्मानमा मन हर्षित ।।१

उनका देन तिमलाई थाहा होला
आदरमानमन सबको आहा होला ।२

देश अघि बढाउन के के गरे उनले
देशमा आहुति गरे किन जनले ।

उनिमात्र हैन उनका पत्नी झनै
काग्रेसको नेता बन्न सिकाउनि उनै ।३

मलाई भन्थिन् बाबु ज्ञानि हुनु पर्छ
सधै भरी रक्षा तिम्रो भगवानले गर्छ ।४

कति दुख हण्डर होला कति परे जेल
कांग्रेसमा पहल गर चहलचाहिँ नखेल ।५

कुनै पनि समयन्त्रमा गुरु नभई हुन्न
माया सम्मान दियौ भने गुरुका मन रुन्न ।६

वुझनेले त बुछ्नु पर्थ्यो आफू पाउँदैन
उनको देह नहुनाले नामै आउँदैन ।७

ओझेलमा पार्छौ भन्ने मलाई लाग्या थियो
न्यायरुपि कांग्रेसले आदरमान दियो ।।८

उनका देनले छोरा छोरी सव्य हुन पाए
अराष्टिय तत्वपद मान उनले खाए ।९

कति हण्डर कति दुख राज्यवाट पाए
उमेरमा कठघरा जेलनेल खाए ।१०

सानै उमेरदेखि उनका घरमा गाको
टीका लगाई मैले दान दक्षिणा पाको ।११

मेरा निम्ति थिए उनी सधै कल्याणकारी
खुसि मलाई गरि बोल्थे माया हित भरी ।१२

राजनितिका कुरा गर्थे तर म बुझ्थिन
उनका बचन मैले सुन्थे भन्थे म झुक्दिन ।१३

यस्ता हुनु पर्छ नेता बल्ल थाहा पाईयो
आज उनको सम्झनामा यहाँ सम्म आईयो ।
१४

पछि मैले बुझ्दै गए राजनिति कथा
राज्यवाट दुख पाको कहे धेरै व्यथा ।१५

यस्ता धर्ति पुत्रलाई सम्मान गर्न पाउँदा
वाहुल्यथ्यो उनको देन यहाँसम्म आउँदा ।१६

देह उनको छैन यहाँ तस्विर झलझलि
उनको पथ लिनु पर्छ हुन्न अलमलि ।१७

धेरै थियो समयमता र सभ्यता उनिमा
बैकुण्ठमा बास होला अहिले यो जुनिमा ।१८

अज्ञानि भै लेखे मैले जाने बुझे जति
लेख्ने हिम्मत धेरैनै छ आजलाई यति ।१९

राष्टियता ठूलोदल अब सम्हाल
मर्यादा मा सधै बस्छु जय नेपाल ।२०

वरिष्ठ सल्लाहकार
भक्तपुर वुढ्यौलि साहित्य समाज
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *