यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस सम्पन्न

ललितपुर । ललितपुरमा संचालन रहेको १४ वटा सहकारीका म्यानेजरहरु सम्मिलित गठन भएको यल अन्तर म्यानेजर क्लबको दोस्रो स्थापना दिवस समितिका संयोजक एवं माँ बगलामुखि सहकारिका व्यवस्थापक सुनिल महर्जनको सभापतित्व एवं राष्ट्रिय सहकारी बैंक, लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतिको प्रमुख अतिथ्यता, यल अन्तर सहकारिका अध्यक्ष अष्टलाल महर्जन, यल अन्तर सहकारीका संथापक अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको विशेष आतिथ्य, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य उर्मिला सापकोटाको आतिथ्यता तथा १४ वटै सहकारीका अध्यक्ष एवं प्रतिनिधि एवं कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ । संस्थाको स्थापना दिवसको अवसरमा यल अन्तर सहकारीका संथापक अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले सहकारी संस्थाका कर्मचारी भनेको सहकारीको ऐना भएकोले अझ बेसि जिम्मेवारी हुनु पर्ने, अनुशासनमा बस्नु पर्ने कुरा व्यक्त गर्नु भयो ।

कार्यक्रम कै अवसरमा यल अन्तर सहकारीका अध्यक्ष अष्टलाल महर्जनले म्यानेजर क्लब गठन गर्नुको उद्देश्यका बारेमा प्रकाश पार्नु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक, लगनखेल शाखाका प्रमुख केदारनाथ उप्रेतिले यल अन्तर सहकारि म्यानेजर क्बल राष्ट्रिय रुपमै उदाहरणीय काम गर्न सकुन् भन्दै स्थापना दिवसको उपलक्ष्यमा आफ्नो शुभकामना व्यक्त गर्नु भयो । साथै यस विषम परिस्थितिमा समेत १४ वटै सहकारी व्यवस्थित रुप संचालन हुँदै आएकोमा खुशि व्यक्त गर्नु भयो । कार्यक्रम कै अवसरमा समितिका संयोजक एव कार्यक्रमका सभापति सुनिल महर्जनले म्यानेजर क्लबको गठन भए पश्चात कर्मचारीको क्षमता विस्तारको लागि नियमित प्रशिक्षणको कार्यक्रमहरु संचालन गर्दै आई राखेको, भविष्यमा समेत यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा बताउनु भयो । कार्यक्रम समितिका सहसंयोजक एवं ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य विनोद महर्जनले संचालन गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *