सहकारी ठग र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसक्यो ः केसी

काठमाडौं । नेकपाको ७६औँ स्थापना दिवसको अवसरका नेकपा मसाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरूको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् । केसीले सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरूबाट देश कंगाल भइसकेको बताए ।

सत्तामा गएकाहरू साम्राज्यवादीको एजेन्डा बोकेर देशलाई लुटेको आरोप लगाउँदै उनले संसद्‌मा साम्राज्यवादी पसेको बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउँदै अमेरिकाले संसद्‌मा पार्टी खोलिसकेको दाबी गरे र आधारभूतरूपमा कम्युनिस्टको सिद्वान्त र आचारणमा रहेकाहरूसँग सधैँ एकताको ढोका खुला रहेको अध्यक्ष केसीको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *