नेपाली बजारमा सुनको मुल्य बड्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ५ सयले बढेर १ लाख ३६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ८५० मा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार चाँदी तोलाको १६ सय ६० मा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *