श्री मनकामना सहकारीद्वारा शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालय शैक्षिक कार्यक्रम २०८१ अन्तरगत बनेपा नगरपालिका वडा नं २ घिमिरेगाउँमा रहेको श्री श्वेत बराह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुमा शिक्षाप्रतिकोे रुचि र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्दै विद्यालय शिक्षा कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले विद्यार्थी र अभिभावकहरूलाई मनकामना सहकारी संस्थाका बारे जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको समेत उपस्थिति रहेको थियो । संस्थाले समुदाय र सदस्य केन्द्रीत भएर आफ्नो गतिविधिहरु गर्दै आएको छ । संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार २५ करोड ५२ लाख ९७ हजार शेयर पुँजी,११ करोड ६ लाख ६९ हजार जगेडा कोष,१२ करोड २८ लाख १३ हजार कुल संस्थागत पुँजी र २ करोड २७ लाख ३८ हजार अन्य कोषहरु रहेको छ । त्यसैगरी १ अर्ब ७७ करोड ८२ लाख बचत सकलन गरेको संस्थाले त्यस अवधिमा १ अर्ब ८० करोड ५६ लाख ऋण लगानी गरेको छ । ९ हजार १४४ जना शेयर सदस्य रहेको संस्थामा २०।०८ प्रतिशत अर्थात ३५ करोड ७२ लाख १८ हजार तरलता रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब २४ करोड ७६ लाख ९५ हजार पुगेको छ । २ हजार २९५ सदस्यले संस्थाबाट ऋण उपभोग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *