बैंकको कर्जा असुली सहज हुन्छ ः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अब बैंकको कर्जा असुली सहज हुने बताएका छन् । उनले विश्वको मुद्रास्फीति सुधारोन्मुख भएकाले नेपालको अर्थतन्त्रमा सुधार हुने अनुमान गरेका छन् । ‘चालु आवमा रेमिट्यान्स उच्च रहेको छ । यसले ब्याजदरमा परेको चाप कम भएको छ, आर्थिक गतिविधिमा सिथिलता आउँदा बैंकको रिकभरीमा समस्या देखिएको छ । त्यस्तै, मागमा कमी आएका कारण अर्थतन्त्रमै सुस्तता आएको बताउँदै उनले वाह्य क्षेत्रमा आएको सुधारसँगै ब्याजदर घटिरहेको जनाए ।

साथै, राष्ट्र बैंकको डिजिटल करेन्सीको अध्ययन भइरहेको उनले जानकारी गराए । राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगानाले कर्जाको ब्याज एकल अंकमा आएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताएकी छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । उनले आर्थिक श्रृङ्खलामा अवरोध आउँदा पनि राष्ट्र बैंकले प्रभावकारी काम गरिरहेको बताइन् । उनले भनिन्, ‘अहिले खराब कर्जा बढिरहेको छ, गैर बैंकिङ सम्पत्ति बढिरहेको छ, यो चुनौतिका बिच पनि रेमिट्यान्स बढेको छ । डेपुटी गर्भनर ढुंगानाले अहिले बैंकिङ क्षेत्रमा अराजकता बढेको बताउँदै गलत गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनु बताइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *