नबिल बैंकले टाटा टियागो इभी खरिद गर्न कर्जा दिने

काठमाडौं । नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार टाटा टियागो इभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंकको नेपालभरिका शाखाहरूमार्फत् ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्ने छन् ।

सम्झौतामा टाटा टियागो इभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने कम्पनीले जनाएको छ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक भएको बताइन्छ । हालसम्म यस गाडीका १,६०० भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धी भईरहेको कम्पनीले जानकारी दिएको छ । टियागो इभी अहिले ५।२९ लाख डाउनपेमेन्टमा नेपाल बजारमा उपलब्ध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *