इक्वेडर विश्वकपमा छनोट

काठमाडौं । कतार विश्वकप-२०२२ छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना बराबरीमा रोकिँदा ब्राजिलले भने सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा दोस्रो स्थानको अर्जेन्टिना इक्वेडरसँग १-१ को बराबरीमा रोकियो । जुनियन अल्भारेजले पहिलो हाफमा गरेको गोलबाट अर्जेन्टिनाले खेलमा अग्रता लिए लिएको थियो ।

तर, इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । उसका इनेर भ्यालेन्सिकाले गोल गरे । दक्षिण अमेरिकी च्याम्पियनलाई बराबरीमा रोकेसँगै इक्वेडरले विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ ।

छनोटको दोस्रो स्थानको अर्जेन्टिनाले भने यसअघि नै विश्वकपको टिकट काटिसकेको छ । यस बराबरीसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई ३१ खेलसम्म पुर्‍याएको छ ।

दक्षिण अमेरिकी छनोटबाट विश्वकपको टिकट काट्ने चार टोलीको टुंगो लागेको छ । विश्वकपमा अर्जेन्टिनासँगै ब्राजिलले अपराजित रहँदै आफ्नो स्थान सुरक्षित गर्‍यो । यस्तै, उरुग्वे तेस्रो र इक्वेडर चौथो स्थानमा रहँदै विश्वकपमा स्थान पक्का गरे ।

बिहानै भएको खेलमा ब्राजिलले बोलिभियालाई ४–० अन्तरले पराजित गर्‍यो । ब्राजिललको जितमा रिचार्लिसनले दुई गोल गरे । यस्तै लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *