ठूला दलले आज उम्मेदवारी दर्ता गराउँदै

लहान । आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्र्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन् । कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवाको टुङ्गो लगाइसकेको र आज उम्मेदवारी दर्र्ता गराउने कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

एमालेले धरै तहको उम्मेदवार टुङ्गो लगाए पनि आइतबार उम्मेदवारी दर्र्ता गराएन् । सत्ता साझेदार दलको उम्मेदारी पछि मात्र आफूहरुले उम्मेदवारी दर्र्ता गराउने योजनामा रहेको एमालेका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रले पनि अझै पालिका प्रमुख तथा अध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाउन सकेका छैन । अधिकांश स्थानीय तहको उम्मेदवार टुङ्गो लागिसकेकाले आज उम्मेदवारी दिने माओवादीका नेता विश्वनाथ साहले जानकारी दिनुभयो ।

जसपाको अवस्था पनि उस्तै छ । जसपाले पनि अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यद्यपि जसपाका नेताहरुले अधिकांश स्थानीय तहको उम्मेवार टुङ्गो लगाइसकेको दाबी गरेका छन् । “करिब करिब सबै स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवारको टुङ्गो लगाइसकेका छौँ”, जसपा प्रदेशका मुख्य सचिव यादवले भन्नुभयो, “धेरैले टिकट लिएर उम्मेदवारी दिन गइसक्नुभयो, बाँकी रहेका प्नि टिकट वितरण भइरहेको छ ।” आज उम्मेदवारीको तयारीमा जुटेका छौँ, उहाँको भनाइ थियो ।

यसैबीच उम्मेदवारी मनोनयन दर्र्ताको पहिलो दिन आइतबार सिरहा नगरपालिकामा चार जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको छ । ती मध्ये दुई सिके राउत नेतृत्वको जनमत पार्टीका र दुई स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनगढीमाई नगरपालिकामा नगरप्रमुखका लागि चार , उपप्रमुखका लागि एक र वडाअध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्र्ता गराउनुभएको छ । लहान नगरप्रमुख पदका लागि दुई र एक जनाले वडा अध्यक्ष पदमा उम्मेदवार दिनुभएको छ ।

सिरहाको बरियारपट्टीमा नगरप्रमुखमा एक, वडा अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्र्ता गराउनुभएको छ भने सुखीपुर नगरपालिकामा एक जनाले नगरप्रमुख पदमा र तीन जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन दर्र्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा नगप्रमुखका लागि दुई , उपप्रमुखमा एक , वडाध्यक्षका पदमा छ जनाले उम्मेदवारी दर्र्ता गराउनुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *