फ्रेन्च ओपन : किलिजसँग पराजित हुँदै मेडभेदेव बाहिरिए

काठमाडौं । विश्व वरीयताको दोस्रो स्थानमा रहेका डानिल मेडभेदेभ फ्रेन्च ओपनबाट बाहिरिएका छन् । रसियन २६ वर्षीय खेलाडी मेडभेदेभ क्रोयसियन खेलाडी मारिन किलिजसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय किलिजले मेड्भेडेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेड्भेडेभ र किलिजबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो । किलिजले अब फ्रेन्च ओपनको क्वार्टरफाइनलमा बुधबार वरीयताको पाँचौं स्थानका एन्ड्री रुभलेकसँग खेल्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *