अमेरिकामा एक व्यक्तिले जथाभावी बन्दुक चलाउँदा तीन जनाको मृत्यु

एजेन्सी
न्युयोर्क ।  अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् । 

उनीहरूको शरिरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए । आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए । 

गोली लागेर तीन जनाको मृत्यु भएको छ । संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । ‘ती व्यक्तिले जथाभावी गोली हानेका थिए’, ह्वाइटले भने । ‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *