आइएमई र पतञ्जली आयुर्वेदबीच सम्झौता


आइएमई र पतञ्जली आयुर्वेदबीच रेमिटेन्स साझेदारी सम्बन्धि सम्झौता भएको छ ।सम्झौता अनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।
सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा.ऋषीकुमार र आइएमई इन्डियातर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरे ।
हरितालिकातीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच दिल्लीमा उक्तसमझदारी पत्र आदान प्रदान भएको हो । समझदारी पत्र आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परमपूज्य स्वामी रामदेव जीलेयो साझेदारीले भारत–नेपाल वीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधा जनक एवम् सहज माध्यम थपिएको बताए ।
आचार्य बालकृष्ण जीलेयो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे । यो निर्बाध ग्राहक यात्राको लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु । साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको बताउँदै श्रदेय आचार्य बालकृष्ण ले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले हाम्रो पतञ्जली केन्द्रहरू मार्फत नेपालमा रहँदै आउनुभएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन् । कार्यक्रमलाई सम्बोधन गर्दै श्रदेय आचार्य बालकृष्ण जीले नेपालका पतञ्जली केन्द्रहरूबाट पनि रेमिटेन्स सेवा प्राप्त गर्न सकिने बताए । बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए ।
कार्यक्रममा महामहिम राजदुत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका उच्चपदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्चपदस्थ कर्मचारीहरू लगायत इन्डियामा बसोबास गर्दै आउनु भएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *