एशियन लाइफका बीमितलाई ५० प्रतिशतसम्म व्याज छुट


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट पाउने भएका छन् । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिने भएको हो । यससँगै इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्ष अघि अर्थात २०७७ भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट पाउने भएका हुन् ।
यो छुट २०७९ भदौ १५ गतेदेखि २०७९ असोज १२ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ । साथै, २०८० भदौ १४ गतेभन्दा अगाडि परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले सूचित गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *