राजेन्द्र महतो धनुषा ३ बाट सर्वसम्मत सिफारिस, कांग्रेसका निधि नउठ्ने

काठमाडौं । लोसपा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गरेको छ । सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यसपटक कांग्रेस धनुषा ३ ले निधिलाई समानुपातिकमा राखेर पठाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *