एनआईसी एशियाका ग्राहकलाई दराजमा किनमेल गर्दा छुट


काठमाडौं । एनआईसी एशिया बैंकले र दराजबीच सम्झौता भएको छ । बैंक र दराजबीच दशैंको अवसरमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्दा छुट दिने सम्झौता भएको हो । दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।
भदौ २९ गतेदेखि असोज ११ गतेसम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजारसम्म र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सयसम्मको छुट पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *