महोत्तरीको पररिया घटना छानबिन गर्न समिति गठन


काठमाडौं । सरकारले महोत्तरीको भंगाहा नगरपालिका–८ को पररिया टोलमा भएको दुई समुदायबीचको झडपको घटना छानबिन गर्न समिति गठन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन् । सो समितिलाई एक हप्ताको समय दिइएको छ ।कात्तिक १० गते भंगाहा–८ पररिया टोलमा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलले ८ बुँदे सहमति गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *