खान र लाउनकै लागि भ्रष्टाचार गर्न नपरोस् : पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी कुन्ती पोख्रेल समाजसेवी, सफल उद्यमी, व्यवायीसँगै राजनीतिमा दशक लामो अनुभव बटुलेकी व्यक्ति हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी उनी सफल उद्यमीभई लाखौ महिलाहरुलाई रोजगारको बाटोमा दिलाउन अग्रसर उनी युवाहरुबीच प्रेरणाको स्रोत बनेकी छिन् ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र राजनीतिकशास्त्रमा एम.ए गरेकी पोख्रेलले पढाइपछि आफूलाई समाजसेवा, व्यवसाय र राजनीतिमा समर्पित गरेकी छिन् । ‘तारामण्ड महिला सशक्तिकरण अभियान’नामक गैरसरकारी संस्थामार्फ समाजसेवा थालेकी उनले बाबु–आमा विहीन हजारौ बाल बालिकालाई शिक्षा, दिक्षा दिएर उज्यालो भविश्य दिने महान पथ प्रदर्शकको रुपमा आफूलाई उभ्याएकी छिन् ।

पोख्रेल त्यो भन्दा अझ माथि उठेर नेपाली समाजको बृहत्तर हितको लागि अर्थपूर्ण काम गर्न चाहन्छिन् । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिलाउनुपर्ने अभियान तर्फ औधोगिक विकासका लागि उद्यमशीलता तालीम दिँदै आएकी उनले ‘तारामण्ड महिला सशक्ति करण अभियान’मार्फत देशका ४० भन्दा बढी जिल्लामा पुगेर महिलादिदी–बहिनीलाई स्वरोजगार युक्त सीपमुलक तालीम दिइसकेकी छिन् ।

त्यसैगरी ‘पोजफेसन’तयारी पोशाक उद्योगमा र्फत् हजारौं मानिसलाई रोजगारी दिँदै आएकी उनी राजनीतिलाई पेशा नभएर विशुद्ध समाजसेवा ठान्दछिन् । आफ्नै उद्योग व्यवसायबाट आय आर्जनमा सक्षम व्यक्ति राज्यको नीतिनिर्माण तहमा पुगुन् जसले भोलि उनीहरुले खानलाउनकै लागि भ्रष्टाचार गर्न नपरोस् भन्ने उनको विचार छ । अहिले आय आर्जनका कुनै स्रोत नभएका कतिपय व्यक्तिहरु नेता, मन्त्रीहुने र जीवन यापनका लागि भ्रष्टाचार गर्ने भएकाले मुलुक ध्वस्त भएको प्रति असन्तुष्टि जनाउँदै आफू जस्ता उद्यमी, व्यवसायी र समाजसेवी व्यक्ति राज्यको नीतिनिर्माण तहमा पुग्दा मात्रै देश विकासित, समृद्ध हुने बताएकी छन् ।

धर्म, सस्कृतिको रक्षा र धार्मिक पर्यटनको तीब्र विकास आवश्यक ठान्ने उनी देशका महत्वपूर्ण धार्मिक तीर्थस्थललाई धार्मिक पर्यटनमा रुपान्तरण गर्न नीतिनिर्माण तहमै उठाउनुपर्ने बताउँछिन् । शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन सरकारी सामुदयिक विद्यालयलाई बलियो, भरपर्दो, जनमानिसमा विश्वास योग्य बनाउन राज्यले देशको आवश्यकता र भूगोल सुहाउँदो शिक्षानीति ल्याउनु पर्नेमा जोड दिन्छिन् । अहिले जे/जति बजेट राज्यले शिक्षाको लागि छुट्ट्याएको छ, त्यो पर्याप्त नभएको र खर्च गरिएको पनि सही ठाउँमा उपयोग नभएकाले शिक्षामा गुणस्तर खस्किएको हो । त्यसको तालीम प्राप्त योग्य शिक्षकसहित बजेट तर्जुमामा दोब्बले वृद्धि गर्नुपर्ने उनको ठम्याइ छ ।

त्यसैगरी आफ्नो जीवनको उर्बर समय राष्ट्रका लागि खर्चेर योगदा नगर्ने खेलाडी, कलाकार, लेखक, साहित्यकार एवम पत्रकारहरुलाई राज्यले ६० बर्ष उमेरपछि विशेष प्रकारको पेन्सन सुविधादिने व्यवस्थागर्न आफूले नीतिनिर्माण तहमा पहल गर्ने पोख्रेलको भनाइ छ ।

निष्ठा, प्रगति, विकास प्रेमि र शून्य सहनशीलताकी दीप कुृन्तीपोख्रेलले सामाजिक क्षेत्र मार्फत देशमा भइरहेका विकृति, विसंगति, कुसंस्कार, अराजकता र भ्रष्टाचारविरुद्ध जतिआवज उठाउँदा पनि राज्यको बागडोर सम्हालिइरहेका व्यक्तिले सुनुवाइन गरेपछि नीतिनियम तहमा आफूले युवाको हस्तक्षेपकारी भूमिनिर्वाह खेल्नुपर्ने महसुस गर्दै प्रत्यक्ष राजनीतिमा आउनु वाध्य भएको बताउँछिन् ।

राष्ट्र, राष्ट्रियता र मेलमिलापको राजनीतिमा विश्वास गर्ने उनी विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईलाई आदर्श नेताको रुपमा लिन्छिन् । वीपीले ‘मेरो र राजाको घाँटी जोडिएको छ, त्यसैले राष्ट्रिय मेलमिलापको नीति लिनुपर्छ’ भनेको शब्द स्मरण गर्दै कुन्ती पोख्रेल भन्छिन्, ‘वीपी कोइराला कांग्रेसको मात्रै नभएर एक राष्ट्रभक्ति नेता हुन् ।’

देशमा अभिभावकीय नेतृत्वको खाँचो भएकाले राजा सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र कायमगर्ने अभियानमा जुटेकी पोख्रेल जनभावना बिपरीत जबर्जस्त लादिएको धर्म निरपेक्ष्यताको नीतिले धार्मिक संस्कार, संस्कृति, मठमन्दिर, ऐतिहासिक र पुरातात्विक महत्व राख्ने गुठी जस्ता राष्ट्रिय पहिचान बोकेका धरोहरहरु जोगाउनका लागि आफू नीतिनिर्माण तहमा पुग्न जरुरी रहेको बताउँछिन् ।

सबै तिरबाट बिथोलिएको राजनीतिलाई सही दिशा निर्देश गर्ने उद्देश्यले आफू राजनीतिमा आएको बताउने पोख्रोलको पढेलेखेका, राजनीतिक संस्कार भएका, स्वच्छ छविका र नयाँ जोश जाँगरसहित आफूले गर्न कामको एजेन्डा लिएर आएका युवा नेतृत्व जनताको रोजाइ भएको बुझाइ छ । निष्ठा, आदर्श र संस्कारको राजनीतिमा विश्वास गर्ने उनी विवेकहिन, सम्वेदनाहिन, भ्रष्टचरित्र र नैतिकतागुमेका नेताहरुबाट यो देशको विकास र उन्नतिमा भविष्य नदेखेको बताउँछिन् । नेतामा नेतृत्ववादी क्षमतासँगै आय आर्जनमा पनि आत्मा निर्भर हुनुपर्ने मान्यता राख्ने उनी ‘खान लाउनकै लागि भ्रष्टाचार गर्न नपरोस्’ भन्न रुचाउँछिन् ।

देशमा आर्थिक, सामाजिक र राजनैतिक संस्कारको विकासका लागि आगामी आम निर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी पोख्रेल अहिलेका जनता परिवर्तनको पक्षमा उभिएका जनताले आफूलाई मतदिई नीतिनिर्माण तहमा पुर्‍याउनेमा ढुक्क छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *