कतैबाट भ्रष्टाचारमा नमुछिएकी उम्मेदवार कुन्ती पोख्रेललाई मत दिएर हेर्ने भएका छौं

काठमाडौं । आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आउन १० दिनबाँकी छ । उम्मेदवारहरु न्वारनदेखिको बल निकालेर आफ्नो चुनावी क्षेत्रका मतदाता समक्ष घरदैलो तथा भेटघाट कार्यक्रममा व्यस्त देखिन्छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले आफ्नो चुनावी प्रचार प्रसारलाई फरक शैलीमा आक्रामक ढंगले अगाडि बढाएकी छिन् ।

उनले आज बिहान काठमाडौं ३२ वडा अन्तर्गत तीनकुने, सुविधानगर, कोटेश्वर महादेवस्थन लगायत यरियालमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेकी छिन् । भेटका क्रममा पोख्रेलले मतदाता समक्ष आफ्ना योजना पनि राख्ने र उनीहरुका चाहना पनि सुन्ने गरेकी छिन् । उनले यो क्षेत्रबाट धेरै पटक बाहिरबाट आएका उम्मेदवारलाई भोट दिनुभयो । तर, उनीहरुबाट खासै क्षेत्रको विकास र जन चाहना अनुसार काम भएको पाइएन । बाहिरबाट आएका पाहुना उम्मेदवारले क्षेत्रको मर्म र भावनाअनुसार काम गर्न सक्दैनन् । जन भावनाअनुसार काम गर्नको लागि स्थानीय युवा उम्मेदवार चाहिन्छ ।

‘यो क्षेत्रमा धर्म, संस्कार, संस्कृति र ऐतिहासिक पुरातात्विक महत्व बुझेको स्थानीय व्यक्तिको आवश्यकता भएकाले यसपटक राप्रपाको ‘हलो’मा मत दिई मलाई जियी गराउनुहोस,’ पोख्रेलले आग्रह गरिन् । उनको आग्रहपछि सुविधा नगरस्थित एक स्थानीयले भने, ‘म २०४८ सालदेखि एमालेलाई भोट दिँदै आएको व्यक्तिहुँ, हाम्रो भोट पाएका माधवकुमार नेपाल देशको प्रधानमन्त्रीसम्म भए । उनको घर यहीं वडामा छ तर उनले आफ्नो वडाको काममा समेत एकनजर लगाएनन् । त्यसकारण यसपटक हामीले आफ्नो मत परिवर्तन गर्ने विचार गरेका छौं । पटक–पटक सत्तामा पुगेर काम गर्न नसकेका व्यक्ति दोहोरिएर उम्मेदवार बन्नेलाई जुनसुकै पार्टीको भएपनि फेरि कमाइ खाने भाँडो बनाउनभोट दिँदैनौं । त्यसको बदलामा समाजसेवाको क्षेत्रमा धेरै काम गरेर जनतामाझ लोकप्रिय बनेकी, निश्कलंक, स्वच्छ छवि, कतैबाट भ्रष्टाचारमा नमुछिएकी राप्रपाकी उम्मेदवार कुन्ती पोख्रेल आउनुभएको छ । उहाँहरुलाई यसपटक हामीले मतदिएर हेर्ने विचार गरेका छौं ।

महादेवस्थानका अर्का मतदाता भन्छन्, ‘यस क्षेत्रमा बाहिरका उम्मेदवारबाट हामी दिकदार भइसकेका छौं । यहाँबाट तत्कालीन एमाले नेतामाधव नेपाल पटक–पटक चुनाव लडे, जितेपछि क्षेत्र छोडेर रौतहट पुगे । यसपटक जनताले नपत्याउने देखेपछि रौतहटतिरै भागेका छन् । उनले देशको प्रधानमन्त्री हुँदासमेत यस क्षेत्रको विकास र कार्यकर्ताको भावना बुझ्न एकपटक आवश्यक ठानेनन् । फेरि कहाँ कहाँबाट झक्कुप्रसाद सुवेदी आएर चुनाव लडे, भोट मागे हामीले दियौं । चुनावपछि उनी कहाँ गए थाहा छैन । अहिले फेरि रोल्पाबाट गठबन्धनको नाममा माओवादीकी ओनसरी घर्ती आउनुभएको छ । उहाँ पटक–पटक राज्यको महत्वपूर्ण पदमापुगेर पनिआफ्नै क्षेत्र रोल्पाको कामगर्ननसक्ने व्यक्तिबाट हामीले के आशागर्ने ?त्यसकारण यसपटक यो क्षेत्रको मर्म र भावनाबुझ्ने राप्रपाकी कुन्ती पोख्रेललाई सहयोग गर्ने विचारमा छौं ।’

यो पटकको निर्वाचनमा पुराना उम्मेदवारप्रति जतदातामा वितृष्णा जागेको पाइन्छ । यस्तो हुनुमा दलका शीर्ष नेताहरुले पार्टीमा लामो योगदान गरेकालाई पाखा लगाएर व्यापारी, ठेकेदार, शैक्षिकमाफिया, भूमाफिया, जलमाफिया, नातेदार, पारिवारवाद, आसेपासे, हुक्के बैठके, स्वकीय सचिव लगायत आफु ओरीपरि घुम्नेलाई काखी च्यापेका कारण हो । पुराना दलहरुको यो व्यवहारले दलका स्थानीय कार्यकर्ता, नेता र सुभचिन्तकहरु धेरै बिच्किएको पाइन्छ । काठमाडौंं क्षेत्र नं. २ मा कांग्रेस, एमाले र माओवादीबाट बिच्किएका भोटर राप्रपाकी कुन्तीको समर्थनमा उभिएको पाइन्छ । यी परिदृश्यलाई नियाल्दा काठमाडौं २ मा पुराना उम्मेदवारको विपक्षमा देखिन्छ । अर्को पार्टीको सिद्धान्त, मूल्य, मान्यतामा अडिक मतदाता पनि गठबन्धनप्रति रुष्ट रहेकाले ती भोट कुन्तीले पाउने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *