सिभिल बैंकले १२ कार्यक्रम गरि मनायो बाह्रौं वार्षिकोत्सव


काठमाडौं । सिभिल बैंकले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने निती अनुरुप सिभिल बैंकले सफा टेम्पूहरुको भाडा क्यूआर कोड मार्फत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोह बैंकले आफ्नो वाह्रौं वार्षिकोत्सवको दिनमा गरेको छ । वार्षिकोत्सवको लगत्तै पछी नेपालगंज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कूल ६ स्थानहरुका ट्याम्पुहरुमा क्यूआर कोड मार्फत भाडा भुक्तानीको थालनी गरीने कुरा बैंकले जनाएको छ । जावलाखेलको ‘गो क्यासलेस’ अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोर्याउने बताएका थिए । नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगद रहित अभियान अपरीहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए ।
उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे, संचालकहरु अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भू प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पू यातायात व्यवसायी संघका प्रतिनिधिहरु, फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पू व्यवसायीहरु तथा सर्वसाधारणको उपस्थिति थियो ।
बैंकले जावलाखेल शाखामा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन, याङ्वरक शाखामा एटिएम सेवाप्रारम्भ, देशभरीका ३६ स्थानमा रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृतिकार्यक्रमहरु र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सम्पन्न गरेको छ । त्यस्तै कार्तिक नाँचलाई आर्थिक सहयोग, नेपालबाल संगठनलाई आर्थिक सहयोग, निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग, राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग, अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग र बेगनाशतालमा लाईफ ज्याकेट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *