आजको गेम हारे अर्जेन्टिना घर फर्कीन सक्ने

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत हुने ४ खेल मध्ये आज एक खेल अर्जेन्टिना र पोल्याण्डविच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै गरी समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि राति १२ः४५ मा हुने भएको छ ।

यस समूहमा रहेका चारवटै टिम अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार टिम मध्ये आजका खेल जित्ने २ टिम मात्र अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै बाहिर निस्कन सक्ने छन् ।

विश्वकपको दाबेदारका रुपमा हेरिएको अर्जेन्टिनलाई पहिलो खेलमै साउदि अरविसँग हार बेर्होनु परेको थियो । तर, विश्व फुटबलका स्टार लियोनेल मेस्सीको टिम अर्जेन्टिना आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा साउदी अरेबियासँग पराजित भयो र विश्वभरका समर्थकलाई निराश बनायो ।

पहिलो खेलमा झड्का बेहोरेको अर्जेन्टिनाले कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा दोस्रो खेलमा मेक्सिकोलाई २(० ले हराएर नकआउटको सम्भावना कायमै राखेको छ । अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनैपर्नेछ ।

अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ । तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ । बराबरीले अर्जेन्टिनाको नकआउट चरण यही समयमा हुने मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्ने छ । साउदी अरेवियाले जितेमा उ पनि अन्तिम १६ मा पुग्ने छ ।

तर साउदी अरेवियामाथिको जितले मात्र मेक्सिकोको नकआउट चरण यात्रा तय हुने छैन । उसले अर्जेन्टिना र पोल्याण्डको नतिजामा भर पर्नु पर्छ । अर्जेन्टिना हारेमा र साउदीलाई हराउन सकेमा मेक्सिको नक आउट चरणामा पुग्ने छ । तर अर्जेन्टिना हारेको स्थितिमा मेक्सिकोलाई बराबरीमा रोके पनि साउदी नक आउट चरणमा पुग्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *