नेपाल लाइफको अभिकर्ता तालिम सुरु


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको सुरु गरेको छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागि छन् ।
कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । 
भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारले कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिँदै छन् । कम्पनीले पुस २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी पनि गरिरहेको जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *