नेपालको गुनासो : प्रचण्डले एकीकृत समाजवादीलाई बेवास्था गरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको मैदानमा मात्र थाहा भएको बताएका छन् ।

उनले निर्वाचनको परिणाम आएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका तीन जनाले आलोपालो प्रधानमन्त्री हुने कुरा चलेको स्मरण गरे । गठबन्धनमा सहमति नभएपछि प्रचण्डले ओलीसँग बसेर छलफल गरौं भनेर प्रस्ताव राखेपनि प्रचण्ड एक्लै बालकोट पुगेको उल्लेख गरे ।

नेपालले भने, ‘शेरबहादुर सँग के खबर गएछ भने, एमाले पार्टीले प्रचण्डजीलाई प्रधानमन्त्री बनाउँदैन, तपाईंलाई समर्थन गर्न भनेपछि उहाँ ढुक्क भएर बस्नुभएछ । देउवाजी हिस्स बुढो खिस्स दाँत हुनुभयो ।’

नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् । ओलीलाई सत्ताच्युत गर्न आफूले निर्णायक भूमिका खेलेपनिअहिले ओलीसँग मिलेर प्रचण्डले आफूलाई बेवास्ता गरेको भन्दै नेपालले चित्त दुखाएका हुन्। ‘अहिले प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ । उहाँ बनेकोमा हामीलाई कुनै गुनासो छैन, तर जुन हिसाबले हाम्रो पार्टीलाई बेवास्था गरिएको छ । यो गम्भीर विषय बनेको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *