प्राइम बैंकको लाभांश पारित


काठमाडौं । प्राइम कमर्सियल बैंकको  १५ औं वार्षिक साधारणसभा संचालक समितिद्वारा प्रस्तावित ८.९५ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई बैंकको चुक्ता पूँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर प्रस्ताव गरेको थियो । चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड भन्दा बढि हुनेछ । सभाले बैंकको नियमावली अनुसार संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक पदमा राजेन्द्रदास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *