एनआईसी एशिया बैंकको साधारणसभा सम्पन्न, ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा


काठमाण्डौं । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारणसभा काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रा.लिमा बैंकको साधारणसभा सम्पन्न भएको हो। बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८।७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पारित गरेको छ । सभाले मिति २०७९।०७।०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ । साथै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानले एनआइसी एशिया बैंक अबको ५ वर्षभित्र १० खर्बको बैंक बन्ने धारणा राखेका छन् । बैंकको २५औं वार्षिक साधारणसभामा उनले बैंकले पछिल्लो समय बिजनेसमा एकपछि अर्का छलाङ मार्दै गएकोले अबको ५ वर्षपछि कुल ५ खर्बको सम्पत्ति भएको बैंक हुने बताएका हुन् । उनले बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको बताउँदै हालसम्म ती लक्ष्य र योजनाहरु पनि हासिल गर्दै गएको बताएका छन् । ‘बैंकले ५ वर्षे बिजनेस रणनीति बनाएर काम गरिरहेको छ, ती योजनाहरुमा हामी सफल पनि भइरहेका छौं, उपलब्धिहरु पनि हासिल भइरहेका छन्, अबको ५ वर्षमा एनआइसी एशिया कुल १० खर्बको बैंक हुन्छ । यस्तै, उनले नेपाल राष्ट्र बैंकले क्यापिटल एडुकेसीमा कडाइ गर्दा लाभांश दिन नसकेको पनि प्रष्ट पारेका छन् । वर्षभर नै क्यापिटल एडुकेसी कायम गर्न निर्देशन दिए पनि बैंकले नसक्दा लाभांश वितरणमा रोक लगाएको उनको भनाइ छ । तर, अघिल्लो वर्ष र गत वर्षको नाफाबाट सेयरधनीले लाभांश नपाएपनि उनीहरुको सम्पत्तिमा भने क्षयीकरण नभएको धारणा राखे । यस्तै, बैंकिङ क्षेत्रभन्दा एनआइसी एशियाको तीन गुणा बढी प्रतिसेयर आम्दानी रहेको उनको भनाइ छ । उनले आगामी वर्ष लाभांश दिन कुनै समस्या नभएको बताए । ‘बैंकिङ क्षेत्रकै धेरै लाभांश दिने क्षमता एनआइसी एशिया बैंकसँग छ, सेयरधनिले तत्काल लाभांश नपाएपनि लगानीकर्ताको सम्पत्तिमा कुनै क्षयिकरण हुँदैन, यो दुई वर्ष लाभांश पाउन नसके पनि विगत ५ वर्षमा बैंकका सेयरधनीले धेरै लाभ लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *