देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षी दलको नेताको भूमिका नदिन माग गर्दै परेको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसले विपक्षी दलको हैसियत गुमाइसकेको दाबी गर्दै अधिवक्ता विमल पोखरेल सर्वोच्चमा पुगेका थिए ।

कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताका रुपमा संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन रोक लगाउन र सभामुखबाट विपक्षी दलको नेता तोक्न परामादेश दिनुपर्ने माग गरेका थिए । तर सर्वोच्च अदालतका रजिष्टार नारायणप्रसाद पन्थीले सो विषका वारेमा दरपिठ गरेको छ ।

संसदका कुन दललाई विपक्षी दलको मान्यता दिने भन्ने विषयमा संसदको आन्तरिक विषय भएकाले सो विषयमा अदालतमा प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था भएकाले रिट दर्ता गर्न नमिल्ने रजिष्टारको निर्णयमा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *