कामना सेवा विकास बैंकका ग्राहकलाई आईएनजीए सपिङ कम्प्लेक्समा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित आईएनजीए सपिङ कम्प्लेक्ससँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले सपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तैः कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी(फुड तथा एफएमसीजी(नन(फुडमा १० प्रतिशत छुट सम्म प्राप्त गर्न सक्नेछन् । ग्राहकले बैंक सँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *